बौद्ध स्तुप पुननिर्माण गर्दा ९ करोड रुपैयाँको साढे १६ किलो सुन बढी खपत, छानबिन गर : महालेखा

तु खबर संवाददाता
२०७४ चैत्र ३०, शुक्रबार १३:५२

काठमाण्डौ २९ चैत्र । काठमाडौ बौद्ध महास्तुप पुननिर्माण गर्दा ८ करोड ८८ लाख रुपैयाँ बराबरको १६ किलो ४२० ग्राम बढी सुन खपत भएको देखाइएको भन्दै छानबिन गर्न महालेखापरीक्षकले सुझाएको छ ।

महालेखापरीक्षक सरकारी आय(व्ययको अडिट गर्ने संवैधानिक निकाय हो। नेपालको संविधान अनुसार सबै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समितिको आर्थिक कारोबारको लेखा परीक्षण प्रतिवेदन कार्यालयले बिहीबार राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

पुरातात्विक महत्वका संरचनाको निर्माण तथा मर्मत कार्य गर्दा पुरातत्व विभागबाट स्वीकृत नर्म्स प्रयोग गर्नुपर्छ। बौद्ध महास्तुप पुनर्निर्माणको मुख्य आइटमको रुपमा रहेको हर्मिका, त्रयोदश भूवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५८६ वर्ग्फिटमा प्रतिवर्ग्फिट आधा तोला सुन प्रयोग गर्न सुनको मूल्य रु १४ हजार ७२३ का दरले कुल रु.८ करोड २२ लाख ५३ हजारको लागत अनुमान विभागको नर्म्स प्रयोग नगरी स्वीकृत गरेको प्रतिवेदनमा उल्लेख छ।

’समितिले स्वीकृत गरेको लागत अनुमानमा सुन प्रयोग सम्बन्धमा आधार खुलाएको देखिएन’, प्रतिवेदनको ठहर छ।

’कार्यसम्पन्न प्रतिवेदनमा सुन प्रयोगसम्बन्धी कार्य ४ हजार ९९९ वर्ग फिटमा गरी रु.३३ हजार ५३३.७१ को दरले ३१ किलोग्राम सुन प्रयोग गरेको भनी रु.१६ करोड ७६ लाख ६५ हजार खर्च भएकोेख छ। पुरातत्व विभागको नर्म्स अनुसार दर विश्लेषण गर्दा प्रति वर्ग्फिट एक चौथाइ (१र४) तोला सुन रु.१६ हजार ४५८.६४ का दरले रु ८ करोड २२ लाख ९२ हजार मूल्यको १४ किलो ५८० ग्राम मात्र खपत हुनसक्नेमा ३१ किलोग्राम खपत देखाएकोले बढी खपत देखिएको १६ किलोग्राम ४२० ग्रामको हुने मूल्य रु ८ करोड ८८ लाख ८ हजार बढी खर्च गरेको मनासिब देखिएन। यसमा छानबिन हुनुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले अरु गम्भीर प्रश्न पनि उठाएको छ। जस्तै ७६ प्रतिशत बढी रकम खर्चमा पुनःनिर्माण किन गराइयो?

’बौद्ध महास्तुप पुनः निर्माण गर्न रु.१२ करोड ४६ लाख ७ हजारको लागत अनुमान स्वीकृत भएकोमा समितिका दुई सदस्य र एक कर्मचारीमार्फत अमानतबाट काम गराई रु.२१ करोड ९८ लाख ४८ हजार (७६.४३ प्रतिशत बढी) मा कार्य सम्पन्न गरेको छ’, प्रतिवेदनमा उल्लेख छ।

पहिचानै नखुल्ने चीनको एक संस्थाको बारेमा समेत प्रतिवेदनले कुरा उठाएको छ, ’महास्तुपको हर्मिका, त्रयोदश भूवन,छत्रको सेट तथा गजुरको सम्पूर्ण भागमा मोलम्ब लगाउने काम गर्न पहिचान नखुल्ने मित्रराष्ट्र चीनको एक संस्थाले आफ्नै खर्चमा गर्न अनुरोध गरेकोले २०७३ असोजसम्ममा काम सम्पन्न गर्ने गरी त्यस संस्थाका प्रतिनिधिसँग २०७२।१०।१० मा सम्झौता गरेको देखिन्छ। सम्झौतापश्चात् विभिन्न व्यक्ति र संस्थाले समितिमा छुट्टै उपलब्ध गराएको ४८ तोला ८९ लालसमेत कुल ३१ किलोग्राम सुन खर्च भएको जनाएको छ।’

’चिनिया दातासँग भएको सम्झौतामा कुनै श्रद्धालुले अर्पण गरेको सुन मोलम्ब लगाउन प्रयोग गर्नुपर्ने उल्लेख भएकोले छुट्टै प्राप्त भएको सुनसमेत सोही कार्यमा प्रयोग गरेको समितिको भनाई रहे पनि दाता र श्रद्धालुले दिएको स्पष्ट अभिलेख तयार नगरेकोले खर्च परिमाण यकिन गर्न सकिएन । भूकम्पले क्षति पु¥याउनु अगाडि महास्तुपको हर्मिका, त्रयोदश भूवन, छत्रको सम्पूर्ण सेटमा जडित सुनको मोलम्ब पुनः प्रयोगमा ल्याएको छैन,’ प्रतिवेदनमा लेखिएको छ।

आर्थिक कार्य्विधि नियमावली, २०६४ को नियम २७(१) मा कुनै विदेशीदाताबाट जिन्सी सहयोग प्राप्त गर्दा राष्ट्रिय योजना आयोगको परामर्श्लिई अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेमा सो समेत भएको देखिएन । यस सम्बन्धमा तालुक निकायबाट छानबिन गरी खर्च यकिन गर्नुपर्ने महालेखाको भनाई छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*