अमेरिकी राष्ट्रपति ट्रम्पले भने ‘२०७५ नेपालीका लागि सुखद बनोस्’

तु खबर संवाददाता
२०७४ चैत्र ३०, शुक्रबार १३:४५
तस्बिर–गुगल

काठमाडौं ३० चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली जनताले मनाउने नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले नयाँ वर्ष २०७५ को अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त आर्थिक समृद्धिमा अगाडि बढ्न हौसला प्राप्त होस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।

वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका जनाइएको छ ।

‘शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका उपलब्धिहरु सेलिब्रेट गर्ने अवसर नेपाली नयाँ वर्षले दिनु हाम्रा लागि खुसीको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नयाँ वर्षले नेपालको समृद्धिसँगै सम्बन्धलाई थप गहिराइमा पुर्याउने विश्वास लिएका छौं ।’ अमेरिकी राष्ट्रपति ट्रम्पको शुभकामनाको विषय सामाजिक सञ्जालमा समेत उठेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*