चितवनमा विप्लवका पाँच कार्यकर्ता पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २८, बुधबार २०:३५

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको आशंकमा चितवनबाट पाँच जना नेकपा (विप्लव)का कार्यकर्ता पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीमाथि मंगलबार भएको आक्रमण प्रयास र मंगलबार राति नै कालिका कन्स्ट्रक्सन प्रा.लि.मा बम विस्फोट गराएको आरोपमा पाँच जालाई पक्राउ गरेको हो ।

चार जनालाई वडा प्रहरी कार्यालय नारायणगढ र एक जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले प्रक्राउ गरेको डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।

पर्वत घर भएका १८ वर्षीय दिवस भुषाल, चितवनको भरतपुर घर भएका १७ वर्षीय प्रविन कार्की, माडी घर भएका १६ वर्षीय राहुल गुरुङ, भरतपुरका २६ वर्षीय राहुल दोर्जे गुरुङ र भरतपुरकै ३९ वर्षीय भरत मगरलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*