शिक्षा, खेलकुद र कृषिका विषय प्रदेश ३ को प्रदेशसभामा उठाईने

तु खबर संवाददाता
२०७४ चैत्र २८, बुधबार ०८:५२

हेटौंडा,२८ चैत । प्रदेश नम्बर ३ को शिक्षा स्वास्थ्य र कृषि समितिले प्रदेशसभामा उठाउने विषयहरुको बारेमा मंगलबार छलफल गरेको छ । प्रदेशसभा सचिवालयमा भएको बैठकमा शिक्षामा खेलकुद सँगै हुनुपर्ने, पठन पाठन नयाँ शैक्षिक सत्रबाट सुरु हुनुपर्ने, अशक्तहरुको आरक्षण हुनपर्ने लगायतका विषय उठाउनेबारे छलफल भएको हो ।

कृषिमा आधुनिकिकरण गर्नुपर्ने र कृषिमा सर्वसाधरणको पहुँच पुग्नुपर्ने लगायतका विषय आउँदो प्रदेशसभा बैठकमा उठाउने छलफल भएको समितिका कोषाध्यक्ष प्रेम बहादुर पुलामीले बताए । समितिको तेस्रो बैठक प्रदेशसभा सदस्य घनश्याम दाहालको अध्यक्षतामा बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*