मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण अब नेपाली सेनाले गर्ने
मकवानपुर, २७ चैत । प्रदेश नम्बर ३ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिकामा अवस्थित ऐतिहासिक चिसापानी गढीको पुनरसंचना र संरक्षणको जिम्मा अब नेपाली सेनाले गर्ने भएको छ । गढीको सम्पूर्ण संरक्षणको जिम्मा नेपाली सेनाले लिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताएको भिमफेदीबाट सुरेन्द्रराज थिकेले जानकारी दिएका छन् ।
चिसापानीको पुर्ण कार्य बिबरण (डिपिआर) तयार गर्न भिमफेदी गाउँपालिकाले यसै आर्थिक बर्षमा दुई लाख पचास हजारमा रकम बिनियोजीत गरेको तथा पुरातत्वबिभागबाट यसै बर्षमा २० लाख रकम बिनियोजीत भइ सकेकोले अब यो ऐतिहासिक स्थलको पुनरसंरचना तथा संरक्षण नेपालीसेना ले गर्ने भएको हो ।
यसैबिच नेपाली सेना मुख्य कार्यालय काठमाण्डौका म.से. प्रकाशजगं कार्की ,नयां स.बु.ज. गणका गणपती सुरेन्द्र बिक्रम बस्नेत,पुरातत्व बिभागकाअधिकारी बिष्णु पाठक,इञ्जीनीयर तथा ,भीमफेदी गाउंँपालिका अध्यक्ष हिदम लामा ,६ नम्बर वडा अध्यक्ष सिताराम थापा लगायत संञ्चारकर्मी सहितको टोलीले आज एैतिहासिक चिसापानी गढी, हात्तिसार सेठघर, राणाकालीन फोहरा बगंला, एैतिहासिक फोहरा पोखरी, नेपालकै दोश्रो पृथ्बीचन्द अस्पताल ((हाल भीमफेदी प्राथमीक स्वास्थ्य केन्द्र ) लगायतको अवलोकन गरेका छन् ।
त्यस्तै पुरातत्व विभागबाट निर्माणाधिन अधुरो योजना भीमफेदी पारी बजारबाट चिसापानी गढि पुग्ने सिंढि बाटोलाई पनि पुरा गर्ने प्रतिबद्धत्ता जनाइएको वडा नम्बर ६ का अध्यक्ष सिताराम थापाले बताएका छन् ।
