सचिवहरुको सरुवाको बिषयमा मन्त्रीसंग चित्त दुखाउनु बेकार : मन्त्री पण्डित
काठमाण्डौं २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवाको बिषयमा मन्त्रीसंग गुनासो गर्नु बेकार भएको बताएका छन् । उनले सचिवहरुको सरुवा प्रधानमन्त्री प्रणाली अन्र्तगत विधिसम्बत रुपमानै भएकोले गुनासो गर्नु बेकार भएको समेत बताए ।
संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री पण्डितले आफ्लाई मन परेको सचिव आफ्नै कार्यालयमा बस्नुपर्छ भन्ने धारणा मन्त्रीहरुले पनि त्याग्नु पर्ने बताए । उनले सरुवा भएका सचिवहरु मन्त्रालयमा गएर काम सुरु गरीसकेको र अब मन्त्रालय हेरफेर नहुने समेत जानकारी दिए ।
३ तहको संरचनामा कर्मचारी आवश्यक परेकोले स्वेच्छिक अवकाश हाललाई स्थगित गरीएको समेत उनले जानकारी दिए
