हेटौंडा उपमहानगरपालिकामा सेवाग्राहीका फाईल दर्ता गराउनै १ हप्ता

तु खबर संवाददाता
२०७४ चैत्र २७, मंगलवार १५:४८

मकवानपुर २७ चैत । तपाई कुनै कार्यालयमा फाईल दर्ता गर्न जानुभयो भने तपाईलाई कति दिन लाग्छ १ दिन, २ दिन ,वा ३ दिन ? मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सामान्य फाईल दर्ता गर्न आउने सेवाग्राही १ हप्तासम्म धाउँछन् ।
सेवाग्राहीमैत्री हुनुपर्ने स्थानीय निकायमानै ढिलासुस्ती हुने गरेको छ । यस्ता बिषयमा मकवानपुरका संचारमाध्यमहरुले समाचार प्रकाशन नगरेका पनि होईनन् ।

कुनैपनि कार्यालयमा फाईल दर्ता भएपछि मात्र कार्यालयले त्यसफाईलको जिम्मा लिन्छ र उक्त फाईल उपर काम सुरु गर्छ । तर हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा फाईल लिएर दर्ता गर्नको लागि आएका सेवाग्राहीहरुलाई ७ दिनपछि आउनुस भन्दै कर्मचारीहरुले फर्काउने गरेका छन् ।

७ दिनपछि आउनुस अनि तोक लगाउने त्यसपछि दर्ता हुन्छ भन्दै फर्काउने गरीएको सेवाग्राहीहरुको गुनासो छ । तर यस्तो किन गरीयो उपयुक्त कारण भने छैन नगरपालिकासंग ।
सेवाग्राहीले नयाँ घर निर्माणको लागि नक्सा पासको फाईल दर्ता गर्नको लागि भवन ईजाजत साखामा पुग्दा ७ दिनपछि आउनुस अनि फाईल दर्ता गरीन्छ भनेर फिर्ता गरीने गरेको सेवाग्राहीहरुको गुनासो छ । हाल नगरपालिकाले भुकम्प सम्बन्धी कामको लागि समय केहि थप गरेको छ जसको कारण कार्यालयमा केहि भिडभाड पनि कम भएको छ । तर उपयुक्त कारणविनानै नगरपालिकाले सर्वसाधारणलाई झुलाईरहेको छ ।

कार्यालयको प्रमुख समक्ष गुनासोको लागि पुग्दा कुर्सीमा जिम्मेवार व्यक्तिलाई समेत नभेटेपछि सेवाग्राहीहरु कार्यालयलाई धारेहात लगाउँदै फर्कने गरेका छन् ।

यस बिषयमा तु खबरले हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक शंकर उपाध्यायलाई किन यस्तो लापरवाहि भएको भन्ने प्रश्न गर्दा उनले सुधारको पहल गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*