८ जना जुवाडे गेष्ट हाउसबाट पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १०:५१
तस्बिर–गुगल

कास्की, २५ चैत । प्रहरीले कास्कीको पोखरा लेखनाथ महानगरपालिकाबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट ५२ हजार १५ रुपैयाँ रकम र ४ बुक तास समेत नियन्त्रणमा लिएको छ ।

उक्त महानगरको वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गेष्टहाउस सञ्चालक भोगेन्द्र तामाङसहित ड्यामसाइड बस्ने ४३ वर्षीय नरेश गुरुङ, ४३ वर्षीय राजकुमार गुरुङ, घारीपाटन बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठ, हिमालीटोल बस्ने ३८ वर्षीय दीपक गुरुङ, ड्यामसाइडका ३९ वर्षीय अजय गौचन र पोखरा– ६ बैदामका ४० वर्षी दीपक भट्टचन रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*