गर्भजाँचका लागि एसएमएसबाटै निम्तो गरिने
बैतडी, २५ चैत । गर्भ जाँचका लागि अब बैतडीमा एसएमएसबाटै निम्तो दिइने भएको छ । मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने तथा उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि सेवा संचालन भएको हो । उनीहरुले एसएमएसमार्फत गर्भवतीको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको हो ।
जिल्लाका ६ स्थानीय तहमा यो सेवा लागु भएपनि अन्य स्थानमा भने कार्य विस्तारको तयारी भइरहेको छ । मोबाइलमार्फत एसएमएस पठाउँदा गर्भवतीहरु पनि लाभान्वीत भएका छन् ।
