२५ मिटर पीडित चिन्तित हुनुपर्दैन, अब बैंकले धितो राखी ऋण लगानी गर्ने वातावरण बनाइन्छ : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार २०:१४
file photo

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हाइवे मुख्य बजार क्षेत्रबाट नजाने बताएका छन् । मारवाडी एशोसियशनको आज भएको एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । आजसम्म मुख्य सडक छेउछाउमा रहेका घरजग्गा कुनै पनि बैंकले धितो राखी ऋण दिने गरेका छैनन् ।

जसका कारण आफूहरुलाई मार परेको भन्दै घरधनीहरुले विरोध जारी राखेका बेला मुख्यमन्त्री पौडेलले घरजग्गा धितोको रुपमा बैंकले राख्ने गरी आवश्यक वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन् । सहरबजारको बीचबाट हाइवे चलाउन नसकिने भन्दै मुख्यमन्त्री पौडेलले सरकारले सबैको समस्यालाई गम्भीरतापूर्वक लिने समेत बताए ।
यसअघि पौडेल नेतृत्वकै सरकारका भौतिक योजनामन्त्री केशव स्थापितले भने सडक फराकिलो पारेर हेटौंडाको विकास गरिने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*