प्रधानमन्त्री ओली रेल कुदाउने दौडधुपमा,
मकवानपुर २४ चैत । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदिबीच काठमाण्डौदेखि रक्सौलसम्म बिद्युतीय रेलमार्ग मिर्माण गर्ने सहमती भएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटबार्तामा यस्तो सहमती भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् ।
सहमतीको पहिलो चरणमा भारतको आर्थिक सहयोग र नेपालको सहकार्यमा १ बर्ष भित्र प्रारम्भीक सर्वेक्षणको कार्य सम्पन्न गरीने , त्यसपछि २ देशकै लगानीमा रेलमार्ग निर्माण गरीने भारतीय विदशमन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख गरीएको छ ।
यस्तै बर्दिबास–बिजालपुरा–जयनगर र बिराटनगर–जोगबानीको रेल संजाल परियोजनालाई प्राथमिकताका हिसाबले पूरा गरिने वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी काकडभित्ता–न्यू जलपाइगुरी, भैरहवा–नाउतान्वा र नेपालगञ्ज रोड–नेपालगञ्जको रेल संजाललाई भने दोस्रो चरणअन्तर्गत पूरा गरिने वक्तब्यमा उल्लेख छ ।
