स्लो स्कुटी प्रतियोगितामा शारदा प्रथम
मकवानपुर, २३ चैत । हेटौँडा लेडि जेसिजको अयोजनामा भएको स्लो स्कुटी प्रतियोगितामा शारदा बिडारी प्रथम भएकी छिन् । जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रबार भएको स्लो स्कुटी प्रतियोगितामा बिडारी प्रथम भएकी हुन् ।
प्रतियोगितामा नेहा थापा द्धित्तीय तथा पुष्पा क्षेत्री तृतिय भएका छन् । सिमा चोकबाट बुद्धचोकसम्म भएको स्लो रेसमा सबैभन्दा धेरै समय लगाएर विडारी प्रथम भएकी हुन् । तीब्र गतिका कारण बढ्दो दुर्घटनाको न्युनिकरणको जनचेतनाको लागि स्लो स्कुटि रेसको आयोजना गरिएको कार्यक्रम संयोजक ज्योत्सना भण्डारीले बताईन् । रेसमा १७ जना प्रतिश्पर्धीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै जेसिजले नै शुक्रबार हेटाँैडाको प्रमुख धार्मिक स्थल भुटनदेवि मन्दिरको सरसफाई गरेको छ । एक सय पचास प्रहरीहरुको सहकार्यमा लेडि जेसिजका पदाधिकारी तथा स्थानियहरुको सहभागितामा मन्दिर परिसरमा सरसफाई गरिएको हो । ऐतिहासिक धार्मिक धरोहरलाई संरक्षण गर्ने उद्धेश्यले आयोजना भएको सरसफाई कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख आईजीपि केशरी राज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक देवी लामाकोको अध्यक्षतामा कार्यक्रम भएको हो ।
जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तिम दिन २४ गते क्लब हेटाँैडा पार्टी प्यालेसमा समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको जेसिज सप्ताहब्यापी कार्यक्रम मुल संयोजक शुष्मा लटौलाले जानकारी दिईन् ।
