मकवानपुर जिल्ला फुटबल संघमा टिका लामाको नेतृत्व

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १७:३५

हेटौँडा, २३ चैत । मकवानपुर जिल्ला फुटबल संघले अन्ततः नयाँ नेतृत्व पाएको छ । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टिका लामा चयन भएका छन् । आज हेटौँडामा भएको जिल्ला अधिवेशनले लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वित्तीय उपाध्यक्षमा अजय मानन्धर, तृतिय उपाध्यक्षमा राजकुमार श्रेष्ठलाई चयन भएका छन् । अधिवेशनले सदस्यहरुमा युनाल मल्ल, अमृत लुङ्वा, सञ्जयकुमार महर्जन, राजेन्द्रकुमार श्रेष्ठ, अतुल बर्मा, विमल श्रेष्ठ, मनिष श्रेष्ठ, छवि सुवेदी र शुसिला अर्याललाई चयन गरेको छ ।

चैत १४ को लागि तय भएको एनफाको केन्द्रीय अधिवेशनमा मकवानपुर र भक्तपुरको विवादको कारण भन्दै उच्च अदालत पाटनले अधिवेशन रोक्नको लागि एनफालाई आदेश दिएपछि आज हेटौँडामा सहमतिको आधारमा अधिवेशन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*