निर्माणाधिन घरको गारो भत्कदा बालिकाको मृत्यू
रुपन्देही, २३ चैत । रुपन्देहीको सैनामैना नगरपालिका–११ बनकट्टी स्थित खिमान्नद पोख्रेलको २ तले पक्की घर बनाउने क्रममा मिस्त्री काम गर्ने दाङ गडवा गाउँपालिका–३ खैरेनी बस्ने दिल बहादुर कुमालको ३ बर्षीया छोरी रिदम कुमालको गारो भत्कदा ईट्टाले लागेर मृत्यु भएको छ ।
निर्माणाधिन घरमा लेबर काम गर्ने कपिलबस्तु शिबराज नगरपालिका–५ चनौटा बस्ने १६ बर्षीया सन्ध्या चौधरीले गारोको छेउमा समाई रहेको अवस्थामा बिहीबार गारो भत्किन गई ईट्टाले लागी गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
