आगलागीमा २० लाखभन्दा बढीको क्षति

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १७:१२
तस्बिर–गुगल

काठमाडौँ, २३ चैत । सर्लाही र सिराहामा गरि करिब २० लाख ६० हजार बराबरको धनमाल जलेको छ ।

सर्लाहीको कबिलासी नगरपालिका–६ मदनपुर स्थित कस्मेटिक तथा स्टेशनरी पसल गरी बस्ने बिरेन्द्र रायको पसलमा शुक्रबार बिहान आगलागी हुदाँ नगद १० हजार रुपैयाँ, रेडिमेड कपडा, किताब, कस्मेटिक सामान जलेर करीब १० लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

सिराहाको सुखिपुर नगरपालिका–३ बस्ने राम देव यादबको घर अगाडी बालेको आगो बिहीबार राति हावाहुरीले घरमा सल्कदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*