प्रेस स्वतन्त्रता कुण्ठित गर्न नपाइने
कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सिंहदरवारको अधिकार गाउँमा आएको भन्दै स्थानीय तहले प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्न नपाउने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालको आयोजनामा आज गोरुसिंगेमा आयोजित प्रदेश नं. ५ स्तरीय स्थानीय संचारका समस्या चुनौती र समाधान विषयक छलफल कार्यक्रममा अध्यक्ष आचार्यले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको अधिकारअन्तर्गत कुनै पनि बहानामा सञ्चार माध्ययममाथि अंकुश लगाउन नपाइने बताए।
अध्यक्ष आचार्यले आमसञ्चार नीतिलाई लागू गर्न सरकारसँग माग गरे।
प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिता आधारसंहिताको पालना नहुँदा पत्रकारप्रतिको समाजको दृष्टिकोण गलत बन्दै गएको बताए ।
