लागूऔषधसहित २ जना पक्राउ
काठमाडौँ / लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका–२४ घर भएका २५ बर्षीय सनि कुमारलाई लागूऔषध बुप्रेनोर्फिन ७ सय ५ एम्पुल, डाईजेपाम ७ सय ५ एम्पुल र फेनारगन ७ सय ५ एम्पुल सहित पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर जडीबुटी चोकमा प्रहरीले सोमबार उनी सवार बा.२८ प ६७९२ नम्बरको मोटरसाइकललाई चेक गर्दा पछाडीको सिटमा बाँधी राखेको झोलाबाट उक्त लागूऔषध बरामद भएको थियो । यसैगरी एयर एशियाबाट मलेशिया प्रस्थान गर्न लागेका अमेरिकी नागरिक पासपोर्ट नम्बर ५३०५९०९६३ बाट जर्मी उ मिल्टनलाई प्रहरीले १० ग्राम चरेश सहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एक्सरेमा मंगलबार चेक गर्दा मिल्टनको साथबाट बाख्राको बडकौला जस्तो देखिने २३ थान उक्त चरेश बरामद भएको थियो ।
