प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत
काठमाडाैं / धानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलार्इ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलार्इ स्वीकृत गरेको हो । भारतीय समकक्षी नरेन्द्र माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री ओली चैत २३ गते भारतको तीन दिने राजकीय भ्रमणमा जाँदैछन् ।
भ्रमणमा सरकारकातर्फबाट प्रधानमन्त्री ओलीसहित थप तीन मन्त्रीसमेत सहभागी हुने निर्णय भएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
त्यस्तै बैठकले चिकित्सा शिक्षा विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी प्रतिस्थापन गर्न बनेका विधेयकसमेत संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकमा अर्थ मन्त्रालयको भुक्तानी तथा फर्छ्योट विधेयक सम्बन्धी प्रस्ताव पेश गरेको छ । बैठकले सो सम्बन्धी सैद्धान्तिक अवधारणलाइ स्विकृत समेत गरेको छ ।
त्यस्तै महान्याधिबक्ताको नेतृत्वमा रहेको विधेयक सहजीकरण समितिमा कमलसाली घिमिरेलाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री बास्कोटाले जानकारी दिए ।
बैठकले एसियाली विकास बैंक एडीबीको १ अर्बको अनुदान रकम स्वीकृत गरेको छ ।
