युवकको किचेर मृत्यू भएपछि मकवानपुरमा सवारी धनी र चालक पक्राउ
मकवानपुर, २० चैत । मकवानपुरको बकैया गाउँपालिकामा एक युवकको किचेर मृत्यू भएपछि ट्याक्टर चालक र सवारी धनीलाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी चालक अनुमती पत्र प्राप्त नगरेका चालक बकैया–७ का २१ वर्षीय उकेश ठकुरी र सवारी चालक अनुमती पत्र प्राप्त नगरेको व्यक्तिलाई ट्याक्टर चलाउन दिएको आरोपमा ट्याक्टर धनी २३ वर्षीय बच्चुराम राईलाई प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
चैत १८ गते दिउँसो बकैयागाउँपालिका वडा नम्बर ७ माथिल्लो भिरकोट स्थित सडकमा बालुवा लोड गरिएको ना. ६ त. ६२६२ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार बकैया–३ बस्ने २० वर्षीय सुर्यबहादुर बलको घटनास्थलमै मृत्यू भएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा शुक्रबार पेश गरेपछि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाहीको लागि उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
