मकवानपुरमा बलात्कारका घटना बढ्दै, यस्तो छ बलात्कारको दर्दनाक तथ्याङ्क
मकवानपुर, २० चैत । आजभोलि नेपालका विभिन्न स्थानमा बलात्कारको घटनामा वृद्धि हुँदै गएको अनुमान गर्न थालिएको छ ।बलात्कारमा प्रहरीदेखि आफन्तसम्मको सहभागिताले बलात्कार भयावह बन्दै गएको प्रष्ट हुन्छ । पछिल्लो समय मकवानपुरमा पनि यो संख्यामा वृद्धि भएको छ । मकवानपुरमा पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने यसले बलात्कारको डरलाग्दो अवस्थाको वर्णन गर्छ ।
जवरजस्ती करणीको अवस्था तथा नियन्त्रण अभियान विषयमा आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरिएको अन्र्तक्रियामा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार मकवानपुरमा पनि पछिल्लो ३ वर्षमा बलात्कारका घटना बढ्दै गएको देखिएको हो । प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार झाले प्रस्तुत गरेको तथ्याङ्मा आर्थिक वर्ष २०७२–७३ मा जवरजस्ती करणीका १९ वटा मुद्धा दर्ता भएको र १९ जनालाई नै पक्राउ गरिएको जनाइएको छ । साथै भएकोमा १९ जनालाईनै पक्राउ जबरजस्ती करणी उद्योगमा १२ मुद्धा दर्ता भएकोमा १२ जनालाई नै पक्राउ गरिएको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७३–७४ मा यो संख्या बढेर जबरजस्ती करणीमा २२ मुद्धा दर्ता भएको थियो । जसमा २३ जना पक्राउ परेका थिए भने २ जना फरार रहेको डिएसपी झाले जानकारी दिए । त्यस्तै सोही वर्ष जवरजस्ती करणी उद्योगमा ९ वटा मुद्धा दर्ता भएकोमा ९ जनालाई नै पक्राउ गरिएको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा जवरजस्ती करणीमा १३ वटा मुद्धा दर्ता भएकोमा १२ जना पक्राउ परेका छन् । त्यस्तै ३ जना फरार रहेका छन् । उद्योग तर्फ ७ वटा मुद्धा दर्ता भएकोमा ५ जना पक्राउ गरिएको छ भने २ जना फरार रहेका छन् ।
