प्रदेश ३ मा मन्त्री र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवाहरु बारे सैद्धान्तिक सहमति जुट्यो

तु खबर संवाददाता
२०७४ चैत्र २०, मंगलवार १८:४२

हेटौँडा, २० चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकले मन्त्री तथा प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवा सुविधाहरुबारे सैद्धान्तिक सहमति जुटाएको छ । मंगलबार सम्पन्न बैठकले केही विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिनुका साथै एउटा बोर्ड गठन गर्ने सैद्धान्तिक सहमति दिएको हो ।

सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार बैठकले मन्त्रीहरुको पारिश्रमिक एवं सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को विधेयक मस्यौदालाई सैद्धान्तिक सहमति दिएको छ । त्यस्तै, प्रदेशसभा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को विधेयक मस्यौदालाई सैद्धान्तिक सहमति दिएको छ ।

बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड २०७४ गठन गर्ने सम्बन्धी सैद्धान्तिक सहमति गरेको छ भने प्रदेशसभा सचिवको काम, कर्तव्य, अधिकार र सेवा सुविधा सम्बन्धी अवधारणालाई सैद्धान्तिक सहमति दिएको प्रवक्ता ढुंगेलको भनाई छ ।

अहिलेसम्म ३ नम्बर प्रदेशसभाले २ वटा विधेयकमात्रै पारित गरेको छ । यसअघिको प्रदेशसभाले केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी विधेयक र आर्थिक विधेयकमात्रै पारित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*