क्वाटरमै मन्त्री तामाङले जब डोजर चलाए…

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १४:१३

ललितपुर– कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् ।

बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित थिए । उनले क्वाटरमा कार्यरत कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यही फलाउन निर्देशनसमेत दिए ।

मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्ने क्रम रोक्नका लागि आफूले यहाँको जमिन खनजोत गर्न थालेको बताए । मन्त्री क्वाटरमा रहेको जमिनमा तरकारी लगाए यहाँ तरकारी किन्नु पर्दैन । उनले भने, “अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिष्पर्धा हुनुपर्छ ।”

नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको भन्दै उनले झण्डै रु एक खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्याङ्क छ । अबको दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूधलगायतमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याए ।

जमिन बाँझो राख्न नहुने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गराउन पहल गरिनेमा पनि मन्त्री तामाङले जोड दिए । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*