ट्रमा सेन्टरको छैटौँ तल्लाबाट हामफालेर अमेरिकी नागरिकको मृत्यु
काठमाडौँ । ट्रमा सेन्टरको छैटौँ तल्लाबाट हामफालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।
प्रहरी स्रोतका अनुसार जोन नाम गरेका ती अमेरिकी नागरिक (पूरा नाम खुल्न बाँकी) ले ट्रमा सेन्टरको छैटौँ तल्लाबाट हामफालेका थिए ।
गत १६ गते उनी भिषाको मिति एक्सपायर भएको आरोपमा पक्राउ गरेका थिए ।
उनलाई अध्यागमन विभागले आफ्नै हिरासतमा ल्याएको थियो ।
हिरासतमा नै उनले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएको थियो ।
