काठमाडौंबाट रामेछापको बाम्ती जादै गरेको बस दुर्घटनामा

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार २०:१३

मन्थली, १८ चैत्र ।
काठमाडौंबाट रामेछापको विकट क्षेत्र बाम्तीका लागि छुटेको बस आइतवार अपरान्ह गोकूलगंगा भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् ।
अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस दुर्घटनामा परी उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला सदरमुकाम मन्थलीबाट ५० किमी पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । कच्ची सडकका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ । बाम्ती पुग्न करिब आधा घण्टा दुरीको बाटो बाँकी रहँदा दुर्घटनामा परेको पीडित यात्रुले जनाएका छन् । घाइतेलाई उद्धार गरी जिल्ला सदरमुकाम मन्थली ल्याई जिल्ला अस्पताल लगायतमा उचपचार सुरु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*