फोनिजले मकवानपुरका संचार माध्यमलाई दवाब दिने

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १९:३३
dav

मकवानपुर १८ चैत्र । आदीबासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गराउन जिल्लास्थित सञ्चारमाध्यमहरुलाई दबाब दिने निर्णय गरेको छ । आईतबार सम्पन्न फोनिज नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा बसेको बैठकले श्रमजिवि पत्रकार ऐन अनुसार नियुत्तिपत्र, पारिश्रमिक, सेवा सुविधा प्रदान गर्न जिल्लास्थित मिडिया हाउसलाई दबाब दिईने निर्णय भएको उपाध्यक्ष अशोक सुजन श्रेष्ठले बताए ।

उक्त बैठकले जिल्लामा कृयाशिल आदीवासी जनजाति पत्रकारहरु अवस्थाको विषयमा लगत संलकन गर्ने निर्णय पनि गरेको छ । लगत संकलन गर्न उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा सचिव नवराज वाईवा र सदस्य मञ्जरी बलामी सदस्य रहनेगरि उपसमिती निमार्ण गरिएको छ ।
आउँदो नियमित कार्यसमितिको बैठकमा उक्त समितिले संकलन गरेको लगत प्रस्तुत गर्नेछ । नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिबार बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*