आगलागीमा ५ घर जल्यो, साढे सत्र लाख क्षति

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १८:४९
file-photo

काठमाडौँ, १८ चैत । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा परि ५ घर जल्नुका साथै साढे सत्र लाखको क्षति भएको छ ।
सर्लाहीको बसबरीया गाउँपालिका–२ मानपुर बस्ने किसुन रायको घरमा खाना पकाउन बालेको आगोबाट आइतबार आगलागी हुँदा छिमेकी समेत ५ जनाको घर जलेर करीव १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

धनुषाको शहिदनगर नगरपालिका–९ हउवाही बस्ने सत्य नारायण यादव र मालबर यादवको परालको टौवामा आइतबार आगलागी हुदाँ करीव ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

त्यस्तै पर्साको ठोरी गाउँपालिका–५ क्षेत्रीय लाईन बस्ने ध्रुर्ब लामिछानेको उखु बारीमा बिद्युतको तार सर्ट भई आगलागी हुदाँ १५ कट्टामा लगाएको करीव ३ लाख रुपैयाँ बराबरको उखु जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*