इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर मृत्यू
रुपन्देही, १८ चैत । सैनामैना नगरपालिका–८ रामापुर बस्ने २३ बर्षीय मदन न्यौपानेको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार सोही नगरपालिका–६ स्थित मलमला मन्दिरमा नेटको तार तान्ने क्रममा करेन्ट लागेका न्यौपानेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
