सचेतना जगाउन स्टेसन टाँस्दै प्रहरी
धनुषा, १८ चैत । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र नबिल फाउण्डेसनको सहकार्यमा जनकपुर उप–महानगरपालिका स्थित पिडारी चोकमा शनिबार आयोजित एक समारोह विच विभिन्न सार्वजनिक यातायात, नगरबस तथा ई–रिक्साहरुमा सचेतनामूलक सन्देशहरु भएका स्टिकर टाँस गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी अत्तिरिक्त महानिरीक्षक बिजयलाल कायस्थ, नविल फाउण्डेसनका अध्यक्ष,जनकपुर उप–महानगरपालिकाका मेयर तथा उप–मेयर एवं जनकपुर स्थित प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितीमा उक्त स्टिकर टाँस गरिएको थियो ।
