ब्रम्हकुमारले दिए ध्यान तथा योग शिविरमा प्रशिक्षण

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १८:४४

काठमाडौँ, १८ चैत । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रद्धारा आइतबार प्रहरी प्रधान कार्यालय परिचालन कक्ष हलमा ३ दिने ध्यान तथा योग शिविर संचालन गरिएको छ ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका प्रशिक्षक ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सीमा अर्याल लगायत वरिष्ठ प्रहरी अधिकृत एवं प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो । उक्त ध्यान तथा योग शिविर आगामी मंगलबारसम्म संचालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*