बालुवाले पुरिएको अवस्थामा ईलेक्ट्रीक केप बरामद, पड्कीएपछि २ बालक घाईते

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १२:५५

तनहुँ, १८ चैत । तनुहँको आबुखैरेनी गाउँपालिका–६ स्थित सेती नदीको किनारामा बालुवाले पुरि राखेको तारमा माला जसरी रहेको १५ थान पुरानो ईलेक्ट्रीक केप प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ स्थित प्युघर बस्ने अक्कल बहादुर गुरुङको १५ बर्षीय छोरा लाल बहादुर गुरुङ र कृष्ण बहादुर गुरुङको ११ बर्षीय छोरा संन्देश गुरुङ शनिबार सेती नदीमा नुहाउन गएकोमा अवस्थामा बालुवाले पुरिएको तारमा माला जसरी रहेको १६ थान पुरानो ईलेक्ट्रीक केप फेला परेको थियो ।

फेला परेको केप मध्ये १ थान केप निकाली ढुङ्गामा हान्दा उक्त केप पड्केर दुबैजना सामान्य घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाइएको र उपचार पश्चात घर फर्किएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*