इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार १२:५३

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिकाको २, ४, ५ र ६ का करिब २५० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

स्थानीयले विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नगरिएको गुनासो गरेका छन् । वडासचिव गोविन्द भट्टराईले सडक निर्माणका क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्म ढलेका पोल प्रतिस्थापन गर्न ढिलाइ हुँदा गाउँ अन्धकार बनेको बताए ।

साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्नेसमेत भएकाले विद्युत् सञ्चालन हुन अझ केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*