अशक्त दम्पतिलाई नयाँ पाईलाद्वारा २० हजार बराबरको सहयोग
मकवानपुर, १६ चैत । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ । आज नयाँ पाइला नामक गैर सरकारी संस्थाले दृष्टिविहीन वीरबहादुर लामा र शारिरिक रुपमा अशक्त उनकी श्रीमती साइलीमाया तामाङलाई बीस हजार रुपिया बराबरको चामल, आलु, प्याज, तेल, नुन, चिउरा, लत्ता लगायत खाद्यान्न सहयोग गरेको हो ।
रिपेश दाहालको नेतृत्वमा गाउँ पुगेको टोलीले विभिन्न दाताको सहयोगबाट खाद्यान्न सहयोग गरिएको हो । राजेशमोहन प्रधान, थ्रिपीएन एजुकेशन, अनिल उप्रेती, सूर्यमणि योञ्जन, प्रकाश दाहाल, महिला बालबालिका तथा असहाय कल्याण समूह, गंगामाया श्रेष्ठ, राजेश रजक, देवकी पौडेल, रामकुमार बानिया, शम्भुप्रसाद गुप्ताले सहयोग गरेको संस्थाका संयोजक विश्व सुनारले जानकारी दिए ।
