प्रथम कोल्हवी गोल्डकपको उद्घाटन खेलमा एफ.सी महोत्तरी बिजयी
अनिल प्रित/ बारा
प्रथम कोल्हवी गोल्डकप २०७४ को उद्घाटन खेलमा एफ.सी महोत्तरी ३–१ गोलले बिजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा एफ.सी महोत्तरी र ए.पि.एफ पिलुवाबीच भएको खेलमा खेलको १९ औ मिनेटमा महोत्तरीका जर्सी नं. ९ का रंजित आलेले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
दोश्रो हापको ६ मिनेट जाँदा महोत्तरीकै जर्सी नं.१५ का सरोज क्षेत्रीले अर्को गोल गरी खेललाई २–० मा पुर्याए । त्सपछि १३ औ मिनेट जादाँ ए.पि.एफ का जर्सी नं. १० का मनु थापाले गोल गरी २–१ को अन्तरमा पु¥याए । ३२ औँ मिनेट नबित्दै पुनः महोत्तरीका जर्सी नं. ५ का सबिन बिकले अर्को गोल गरी १ को विरुद्ध ३ गोलले आफनो टिमलाई बिजय दिलाए ।
प्रथम कोल्हवी गोल्डकपमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य उमाकान्त चैधरी, विशिष्ठ अतिथिहरुमा प्रदेशसभा त्रिलोकीप्रसाद चौधरी, कोल्हवी नगर प्रमुख भरत बहादुर भण्डारी, निजगढ नगर प्रमुख सुरेश खनाल, बारागढी गाउँपालिका अध्यक्ष देवदत्त बछार, करैया माई गाउँपालिका अध्यक्ष भुनेश्वर धामीलगायत विभिन्न पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य उमाकान्त चैधरीले गरेका थिए भने स्वागत मन्तव्य आयोजक जन शक्ति कल्वका उपाध्यक्ष हिरालाल चौधरीले गरेका थिए ।
शुक्रबारको खेल आयोजक टिम र निजगढ युवा कल्व बारा बिच हुने आयोजकले बताए । फाईनल खेल २४ गते शनिवार हुनेछ भने रेष्टका दिन २३ गते महिला टिम मैत्रिपुर्ण खेल बिरगंज एकाडेमि महिला टिम र चन्द्रपुर रौटहट महिला बिच हुनेछ ।
प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र साथै देश्रो हुने टिमले नगद रु. ७५ हजार सिल्ड ,मेडल र प्रमाणपत्र पाउने र आजको पहिलो भटवाल एफ.सि हेटौडा र लहान –११ बिच हुने संयोजक त्रियोगी प्रसाद राउत थारुले बताए ।
