ईन्द्रसरोबर गाउँपालिका प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १९:३३
file-photo

–आशबहादुर लामा
मकवानपुर, १५ चैत ।
उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको कुलेखानी हेवीमा यही चैत २५ गतेदेखि प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजमा गाउँपालिका भित्रका खेलाडीहरुमात्र समावेश हुने टिमले प्रतियोगितामा सहभागीता जनाउने सकिने बताइएको छ । गाउँपालिका भित्रका खेलाडीहरुले टिम बनाएर खेलमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले ५ हजार बुझाउनु पर्ने छ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले २० हजार तथा तेस्रो हुने टिमले नगद १० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई पनि शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*