गढीको ईपाखरे–कुटडाँडा हुँदै वडा कार्यालय सडक उद्घाटन
मकवानपुर १५ चैत । मकवानपुरगढी गाउँपालिका ८ को ईपाखरे–कुटडाँडा हुँदै वडा कार्यालयसम्मको ३ किलोमिटर सडकको विहिबार उद्घाटन गरिएको छ ।
प्रमूख अतिथि नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले रिवन काटेर सो सडकको उद्घाटन गरेका हुन् ।
साविक बुढिचौर गाविसको ईपाखरे, कुटडाँडा हुँदै वडा कार्यालयसम्मको ३ किलोमिटर सडक शिवम् सिमेण्ट उद्योग र बानियाँ निर्माण सेवाको संयुक्त सहयोगमा निर्माण गरिएको हो ।
मकवानपुर गढी गाउँपालिका ८ नम्बर वडाका वडा अध्यक्ष कुमार घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि बानियाँ, नेपाली काँग्रेसका ३ नम्बर प्रदेश सांसदहरु निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, छिरिङ दोर्जे लामा, भीमसेन खत्री, शिव्म सिमेण्टका खानी प्रमूख दीपक मेथानी, डिजिएम मुरलीधर झा, खड्क तुम्सिङलगायतले मन्तव्य राखेका थिए थियो ।
