काँग्रेस कमजोर भएको छैन : बानियाँ

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १९:२२

मकवानपुर १५ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस देशभरीनै प्रदेश र संघको निर्वाचनमा पराजय भोगेको भएपनि जनमतमा भने कमजोर नरहेको बताएका छन् ।।
४ नम्बर क्षेत्र अन्र्तगत मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ को संयुक्त क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा बिहिबार बोल्दै नेता बानियाँले प्रत्यक्ष निर्वाचनमा थोरै मतान्तरले हार व्यहोर्नु परेपनि समानुपातिकमा एमाले सरहनै मत प्राप्त गर्न सफल भएकोले अझैपनि जनताको विश्वास काँग्रेसमा रहेको दावी गरे ।

नेता बानियाँले संगठन चलायमान बनाईराख्न वडा, गाउँ, नगर र क्षेत्रको संगठन निर्माण गरेर विकास निर्माणका कुरामा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
संविधान निर्माण, तीनै तहको निर्वाचन गराई गणतन्त्रलाई संस्थागत काँग्रेसले नै गरेकोले कम्युनिष्टहरु जस्तो कुरा मात्रै गर्ने काम नगर्ने पार्टी नभएकाले अबको ५ वर्षपछि नेपाली काँग्रेस देशैभर दुईतिहाई भन्दा बढी सिट ल्याएर जित्ने कुरामा ढुक्क हुन आग्रह गरे ।

काँग्रेस मकवानपुरका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि बानियाँ, अतिथिहरु सांसद सन्तबहादुर चेपाङ, पार्टी सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, जिल्ला सदस्य नवराज उप्रेती, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, क्षेत्रीय सल्लाहकार शंकर न्यौपाने, साविका हाँडीखोला सभापति चन्द्रबहादुर न्यौपाने, हेटौंडा १९ का सभापति धनबहादुर गुरुङ, तरुण दल अध्यक्ष ईश्वर पाठक, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, सदस्य कविता बर्तौला, भोला थापाले मन्तव्य व्यक्त गरेका थियो ।

भेलामा जिल्ला सदस्यहरु बलराम प्रजा, सुर्य सुवेदी, कमला मैनाली, मित्रलाल लामा, रत्नबहादुर गोले, महाधिबेशन प्रतिनिधिहरु जानुकी लामा, टेकनाथ शिवाकोटी, जानकी लामा, तरुण दल नेता राजेश भेटवाल, सचिव सचित थापा, मनहरी गाउँपालिका १ नम्बरका वडा अध्यक्ष शिवप्रसाद खनाल, प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, चर्तुभुज न्यौपाने, विदुर थापा, हरिवंश भेटवाल, उत्सव उप्रेती निराजन बर्तौला, सिताराम अर्याल, नरहरीनन्दन उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*