मेरुदण्ड भाचिएका पोखरेललाई बानियाँले गरे आर्थिक सहयोग
मकवानपुर १४ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार एक विरामीलाई ५० हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गरेका छन् ।
गत बैशाख २३ गते मोटरसाईकल दुर्घटनामा मेरुदण्ड भाच्चिएका हेटौंडा ९ पशुपतिनगर निवासी २२ वर्षिय बिवल पोखरेललाई नेता बानियाँले उपचार खर्च स्वरुप नगद ५० हजार रकम हस्तान्तरण गरेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको छैठौं जिल्ला अधिवशन स्थलमानै भेटेर पीडित पोखरेललाई बानियाँले सो रकम हस्तान्तरण गरेका हुन ।
एच.ए. को तयारी गरिरहेको बेला दुर्घटनामा परेका पोखरेलको उपचार गर्दा १३ लाख रुपियाभन्दा बढी रकम सकिसकेको र हाल केही सुधार भई लठ्ठीको सहायताले भित्रबाहिर गर्ने गरेका पोखरेल उपचार खर्च पाएकोमा मख्ख छन् ।
