विद्युत प्राधिकरणको विरुद्धमा उर्लिए स्थानीय, सडकमा चक्काजाम
महोत्तरी, १४ चैत । स्थानीयलाई बिनाकारण विद्यूत प्राधिकरणका कर्मचारीले पक्राउ गरेको भन्दै महोत्तरीमा स्थानीयहरुले चक्काजाम गरेका छन् । बुधबार बिहान रामगोपालपुर नगरपालिका – ५ का बेचन चौधरीलाई विद्युत प्राधिकरणका कर्मचारीले विना गल्ति पक्राउ गरेको भन्दै स्थानीयहरुले सडक जाम गरेका हुन् ।
बर्दिवास, जलेश्वर सडकखण्डमा पर्ने रामगोपालपुरमा चक्काजाम भएपछि यात्रुहरु समेत समस्यामा परेका छन् । वेचन कोल्ड स्टोर्सका सञ्चालक वेचन चौधरीलाई हुकिङ गरेर बिजुली बत्ती बालेको भन्दै जलेश्वरको विद्युत प्राधिकरणका कार्यालयबाट खटिएका विद्युत चुहावट नियन्त्रणका कर्मचारीले पक्राउ गरेको थियो । यता स्थानीयहरुले चौधरीले बिजुली मिटरबाट पसलमा बिजुली बत्ती बाल्दै आएको दाबी गरेका छन् । विवाद बढेपछि प्रहरी त्यस स्थानमा पुगेको छ ।
