होटलको रहस्य यस्तो : काम गर्न बोलाएर जबरजस्ती यौन धन्दा

तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार १४:५४
तस्बिर–गुगल

काठमाडौँ, १४ चैत । होटलमा काम लगाईदिने भन्दै काममा राखेपछि जबरजस्ती यौन धन्दामा लगाउने काठमाडौँका एक होटलका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती यौन कार्यमा लगाउने काठमाडौंको गोंगबुका पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले महिलालाई सरसफाइको काम दिन्छु भनेर होटलमा बोलाइ जबरजस्ती यौन धन्दा लगाउने र त्यसो गर्न नमानेमा कुटपिट गर्ने, खान नदिने र बाहिर निस्कन नदिने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले अरु होटलमा पनि महिलालाई यौन धन्दामा लगाउने गरेको कुरा अनुसन्धानमा खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*