उपसभामुखदेखि मन्त्रीसम्मलाई हेटौँडामा सम्मान

तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार १४:३८

मकवानपुर, १४ चैत । नेकपा (माओवादी केन्द्र) हेटौँडा नगर समितिले आज प्रदेश नम्बर ३ मा माओवादी केन्द्रबाट निर्वाचित २३ जना प्रदेश सभा सदस्य, १ जना प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका १ जना गरी २५ जनालाई बधाई तथा सम्मान गरेको छ ।

हेटौँडाको क्लव हेटौँडामा आयोजित एक कार्यक्रमकाबीच माओवादी केन्द्रबाट निर्वाचित २५ जना प्रदेशसभा सदस्यलाई सम्मान तथा अभिनन्दन गरिएको माओवादी केन्द्र मकवानपुरले जनाएको छ । कार्यक्रममा ३ न. प्रदेशका संसदीय दलका नेता तथा गृहमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, उपसभामुख राधिका तामाङ, संसदीय दलका उपनेता कुमारी मोक्तान, प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, ओम घलान लगायत, पार्टीका प्रदेश प्रमुख सचेतक बुद्धिमान माझी, सचेतक प्रतिमा श्रेष्ठसहित २५ जना निर्वाचित सदस्यलाई बधाई तथा सम्मान गरिएको पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिनले जानकारी दिए ।

नगर समितिका अध्यक्ष ललित घलानको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा प्रतिनिधिसभा सांसद हरिबोल गजुरेलको प्रमूख आतिथ्यतामा सम्पन्न कायक्रममा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य रामनारायण विडारीको पनि उपस्थिति थियो ।

यसैबीच, हेटौँडा उपमहानगरपालिका भित्रका अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत गरिएको छ । राज्यको संरचना, पार्टी एकता अनि वर्तमान पार्टीका अवस्थाको विषयमा प्रशिक्षण दिईएको पाख्रिनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*