काँग्रेस ३ नम्बर संसदीय दलको प्रमूख सचेतकमा घले, खुमबहादुरको स्वास्थ्य अवस्था बुझ्न नेता बानियाँसहितको टोली जाने

न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने
तु खबर संवाददाता
२०७४ चैत्र १४, बुधबार ११:३३

हेटौंडा, १४ चैत / नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठकले संसदीय दलको प्रमूख सचेतकमा राधा घलेलाई चयन गरेको छ ।

संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो । त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुसाशन समितिको संयोजकमा विजुला बर्मालाई चयन गरेको छ ।

इन्द्र बानियाँ, नेता नेपाली काँग्रेस संसदीय दल

इन्द्र बानियाँ, नेता नेपाली काँग्रेस संसदीय दल

बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समिति मध्ये काँग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको तर्फबाट न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने निर्णय गरेको सदस्य सचिव निमा लामाले जानकारी दिए ।

त्यस्तै बैठकले हालै भएको यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घाईतेको उपचार र मृतकलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले कांग्रेसले नेता खुमबहादुर खडकाको स्वास्थ्य अवस्थाको जानकारी लिन ३ नम्बर प्रदेशको ससदीय दलको तर्फबाट दलका नेता ईन्द्रबहादुर बानियाँ र डा. राजाराम कार्कीलाई यही चैत १७ गते भारत पठाउने निर्णयसमेत गरेको सदस्य सचिव लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*