काठमाण्डौको विभिन्न ७ वटा चोकमा स्मार्ट लाईट जडान

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार २१:२३
google

काठमाण्डौ १३ चैत । काठमाण्डौको विभिन्न स्थानमा आजबाट ट्राफिक लाईट जडान गरीएको छ । दिनभर प्रहरीले हातको ईशाराबाट सवारी व्यवस्थापन गर्दै आएको काठमाण्डौको विभिन्न ७ वटा मुख्य चोकहरुमा स्मार्ट ट्राफिक लाईटको जडान गरीएसंगै ट्राफिक व्यवस्थापनमा केहि सहजता थपिएको छ ।

आज मंगलबार काठमाण्डौको नयाँ बानेश्वर चोक ,पुतली सडकको पद्यमोदय मोड ,महाराजगँजको नारायण गोपाल चोक ,सोल्टी मोड काडमाण्डौ महानगरपालकिा अगाडी र कुमारी बैंकको अगाडि स्मार्ट ट्राफिक लाईट जडान गरीएको थियो ।

लामोसमयदेखि ट्राफिक लाईट नचलेको कारण ट्राफिक प्रहरीले हातको ईशारामा सवारीको व्यवस्थापन गर्दै आएको थियो । महानगरीय ट्राफिक प्रहरी महासाखा,सडक विभाग र काठमाण्डौ महानगरपालिकाको संयुक्त पहलमा उक्त स्मार्ट लाईटको जडान गरीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*