एअाइजीका छाेरा कुट्ने इन्सपेक्टर लिम्बू परे प्रहरीकाे थुनामा

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार २०:५९

काठमाडाैं / एआईजीका छोरा घाइते हुनेगरी कुट्ने इन्सपेक्टर डिबी लिम्बुलाई प्रहरी मुख्यालयले गणमा थुनेको छ। महाराजगञ्जस्थित १ नम्बर गणमा उनलाई राखिएको हो।

घटनामा प्रहरीको ज्यादती देखिएपछि इन्सपेक्टर लगायत प्रहरीमाथि कारबाही अघि बढाइएको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी रामकृपाल शाह नेतृत्वको छानबिन समितिले इन्सपेक्टर लिम्बुसहित ३ प्रहरीमाथि कारबाहीको सिफारिस गरेको छ।

गत चैत २ गते एआइजी कमलसिंह बमका छोरा सुगम र उनका साथीहरुमाथि महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरीले कुटपिट गरेका थिए। ठमेलमा ट्याक्सी चढ्ने क्रममा विवाद भएको विषयलाई लिएर प्रहरीले कुटपिट गरेका हुन्। कुटपिटबाट सुगमको अनुहारमा चोट लागेको थियो।

घटनाको विषयमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले घटनामा सुगम निर्दाेष रहेको र दरबारमार्ग वृत्तका प्रहरीको गल्ती देखाएको हो। समितिले सोमबार प्रतिवेदन बुझाएको छ।

सुगमले आफू एआइजीको छोरा हुँ भन्दा वृत्तका इन्सपेक्टर डिबी लिम्बूले प्रहरीको छोरा भनेर फुर्ती लगाएको भन्दै थप कुट्न दुई प्रहरीलाई निर्देशन दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*