निर्वाचनमा गरेका सबै प्रतिबद्दता पूरा गर्छुः ईन्द्रबहादुर बानियाँ

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार २०:५३

मकवानपुर १३ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनाव लडिरहँदा ४ नम्बर क्षेत्रमा गरेका सबै प्रतिबद्दता ५ वर्ष भित्रमा पूरा गर्ने बताएका छन् ।

नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै नेता बानियाँले विकासबाट अत्यन्तै पिछडिएको यस ४ नम्बर क्षेत्रमा आफू चुनाव लड्दै गर्दा गरेका सबै खालका प्रतिबद्दताहरु पूरा गर्नेमा विश्वास गर्न आम मतदातालाई आग्रह गर्दै चुनावमा आफ्नो अमूल्य मतदान गरेर विजयी गराएको भन्दै धन्यवादसमेत दिए ।

अन्य पार्टी र नेताले जस्तो बोल्ने मात्र नभै कामहरु गरेर देखाईरहेको र अहिले पनि आफूले व्यक्तिगत खर्चमा करोडौं कामहरु धमाधम गरिरहेको बताउँदै ५ वर्षभित्रमा भाषणमा मात्रै नभैं गरेरै देखाृउने प्रतिबद्दता जाहेर गरे ।

काँग्रेस मकवानपुरका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि बानियाँ, विशिष्ठ अतिथि सांसद सन्तबहादुर चेपाङ, अतिथिहरु निर्वतमान सभापति रघुरमण न्यौपाने, पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य ईश्वर रुम्बा, रामकृष्ण प्रजा, भीमसेन महत, जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, उपप्रमूख निर्मला हिमडुङ, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, शंकर न्यौपाने, चित्रबहादुर थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*