पदमपोखरी गाई काण्डका आरोपीहरु अदालतले माग गरेको धरौटी बुझाएर तारेखमा रिहा

तु खबर संवाददाता
२०७४ चैत्र १३, मंगलवार १७:५७

-चन्द्र घलान

मकवानपुर, १३ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा गाई काटेको भन्ने अभियोगमा पक्राउ परेका ३ प्रतिवादीहरु जिल्ला अदालत मकवानपुरले माग गरेको धरौटी रकम बुझाएर तारेखमा रिहा भएका छन् ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको ईजलासले मुद्धामाथि सुनुवाई गर्दै प्रतिवादीद्वय मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई जनही रु. १ लाख ८ हजारका दरले र कान्छीमाया ब्लोनलाई जनही रु. ५४ हजार धरौटीको माग गर्ने आदेश दिएको थियो । अदालतको आदेश बमोजिम उनीहरुले धरौटी रकम नगदै जम्मा गरेपछि उनीहरु तारेखमा रिहा भएका छन् । मुद्धाको अन्तिम किनारा नलागेसम्म प्रतिवादीहरुलाई तारेखमा रिहा गरिएको हो ।

गाई काटेको अभियोगमा निर्दोष दावी गर्ने उनीहरुको बारेमा तु खबरले पहिलो पटक समाचार लेखेको थियो । समाचारको विषय तामाङ घेदुङ, प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङ हुँदै गृह मन्त्रलायसम्म पुगेको थियो ।

वि.सं. २०७४ कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग लागेका हेटौँडा १२ पदमपोखरी रमन्टार बस्ने गाई धनी ५५ वर्षीया कान्छीमाया ब्लोनलाई घटना भएको करिब ५ महिनापछि गएको फागुन १५ गते मंगलबार प्रहरीले पक्राउ गरेको थियो । गाई काटेर खाएको अभियोगमा कान्छीमाया ब्लोनसहित मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*