नेपाल र यमनबीचको खेल भाेलि हुने

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १९:२४

काठमाडाैं / एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भाेलि मंगलबार नेपाल यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघिका खेलेको पाँच खेलमध्ये तीनमा हार र दुई बराबरी खेलेको नेपालका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

नेपालको छनोट हुने सम्भावना सकिएको छ । तर यमनका लागि यो खेल निकै महत्वपूर्ण छ । समूह एफमा एक जित र चार बराबरीसँगै सात अंक बनाएको यमनले नेपाललाई हराएमा सन् २०१९ मा हुने एएफसी एसियन कपमा छनोट हुनेछ ।

विश्व वरियताको १४० औं स्थानमा रहेको यमनलाई नेपालले पहिलो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । यो खेल हल्चोक मैदानमा भएको थियो ।

यसअघि नेपाल र यमन तीनपटक आमनेसामने भएका छन् । हल्चोक मैदानमा खेल्नुअघि सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो । सन् २००० मा एसियन कप छनोटमा नै नेपाल ३–० ले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*