२४ घण्टाभित्र विलविजक लिएर उपस्थित हुन नर्भिक अस्पताललाई निर्देशन
काठमाडौँ । अनियमितताको नियमन गर्न काठमाडौँ नर्भिक अस्पताल पुगेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको टोलीलाई नर्भिकले आफ्नो काम गर्न दिएन । टोलीले मागेको कागजपत्र देखाइएन । र, रित्तो हात फर्काइयो । विभागले भने २४ घण्टे पूर्जी जारी गरेको छ ।
विभागका कर्मचारी रमेशकाजी श्रेष्ठको नेतृत्वमा सोमबार दिउँसो अस्पताल पुगेको टोलीलाई अस्पतालको विलविजकसमेत केही हेर्न नदिई रित्तो हात फर्काएको हो । विभागले काटेको पत्रसमेत बुझ्न नमानेको नर्भिकले अन्तमा भने सो पत्र बुझेको छ । लेखा प्रशासन हेरिरहेका कर्मचारीहरु काम बिशेषले बाहिर गएका छन् भन्दै नर्भिक प्रशासनले अनुगमन समितिलाई अनुगमनकार्यमा बाधा पुर्याएको थियो । नर्भिकले गठी गरिरहेको भन्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुगमनका लागि त्यहाँ पुगेको थियो ।
