मकवानपुरको मनहरीमा महिला मृत फेला, जंगली जनावरले आक्रमण गरेको आशंका
-चन्द्र घलान
मकवानपुर, १२ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली प्रतापपुरमा एक महिलाको शव फेला परेको छ । मृत अवस्थामा फेला परेकी महिलाको पहिचान भइसकेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख ईन्स्पेक्टर चित्रबहादुर घलेले जानकारी दिए ।
मृत फेला परेकी महिला सोही वडामा बस्ने ४१ वर्षीया सरस्वती बर्तौला रहेको घलेले जानकारी दिए । महिलाको शव राप्ती खोला बगरमा भेटिएको र नजिकै घाँस काट्ने स्थान रहेको उनले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा उनलाई जंगली जनावरले आक्रमण गरेको जस्तो देखिए पनि वास्तविकता खुलेको छैन । अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले केही समयमा वास्तविकता खुल्न सक्ने बताएका छन् । केही स्थानीयले भने उनको हत्या भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
