२ हजार मोटरसाईकल चालकलाई कारवाही

साढे दुई करोड जरिवाना
तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार ११:५३
फोटो : गुगल

झापा, १२ चैत । चालू आर्थिक वर्षको आठ महिनामा झापामा सबैभन्दा बढी मोटरसाईकल चालकहरु कारवाहीमा परेका छन् । ८ महिनामा कारवाही गरिएका ३९ हजार २ सय ५० सवारी साधन चालक मध्ये सबैभन्दा बढी मोटरसाईकल चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु २ करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ ।

गएको फागुन महिनामा मात्रै सबैभन्दा बढी राजश्व संकलन भएको थियो । प्रहरीका अनुसार फागुन महिनामा मात्रै पाँच हजार ९ सय सवारी चालक कारवाहीमा पर्दा रु ५० लाख ९९ हजार राजश्व संकलन भएको थियो । फागुन महिनामै दुई हजार एक मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट प्रहरीले रु १५ लाख ३० हजार ५ सय राजश्व संकलन गरेको छ । त्यस्तै १ हजार ५१८ वटा ट्रक, ७६२ वटा कार, जिप, ६३२ वटा बस, ५ सय ८५ ट्याक्टर, ४११ वटा ट्याम्पु र इ–रिक्साका चालकहरु कारवाहीमा परेका छन् ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेबाट नै लाखौँ राजश्व उठाएको छ । साथै ट्राफिक प्रहरी सहित विभिन्न संघ संस्थाले जनचेतनामुलक कार्यक्रम गरे पनि सवारी दुर्घटना तथा मापसे जस्ता कुराहरु व्यवहारमा शून्य अवस्थामा देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*