चैत ११ गते पूर्वी नेपालका ५ जिल्ला बन्द

तु खबर संवाददाता
२०७४ चैत्र १०, शनिबार १३:०६

नेपाल कम्युनिस्ट पार्टीले भोलि (अाइतबार) कोशीका पाँच जिल्ला बन्दको अाह्वान गरेको छ । सुनसरी, मोरङ,धनकुटा र संखुवासभा बन्दको अाह्वान गरेको हो । प्रहरीले नेता-कार्यकर्ता गिरफ्तार तथा धरपकड जारी राखेको भन्दै विरोध स्वरुप एक दिने बन्दको अायोजना गरेको हो ।

प्रहरीले धनकुटाको हिलेबाट केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरुलाई बैठक स्थलबाटै गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

त्यसैगरी सुनसरीबाट प्रहरीले ५ कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको अायोजना गरेको नेकपाले कोशी ब्यूरोले सहयोगको लागि सबैसँग अाग्रह गरेको छ ।

यसैबीच सिरहा जिल्लाको लहानमा बम विष्फोट हुँदा आठजना घाइते भएपछि स्थानीय तथा उद्योगी र व्यवसायीले आज विरोधमा लहान बजार बन्द गराएका छन् ।

अज्ञात समूहले शुक्रबार बम विस्फोट गराउँदा आठजना घाइते भएका थिए । विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ ।

लहान–७ स्थित विकास ट्रेडर्समा शुक्रबार बम विस्फोट भएको थियो । घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो । बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । व्यापारी र स्थानीयले दोषीलाई पक्राउ गरेर हदैसम्मको कारबाही माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*